नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा विश्वका ५१ सवारी ब्रान्ड सहभागी हुँदै

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यही साउन २६ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा विश्वप्रसिद्ध ५१ वटा सवारीसाधन ब्रान्ड सहभागी हुने भएका छन्। एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रदर्शनीमा दुईपाङ्ग्रे, यात्रुवाहक चारपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनका नवीनतम मोडल, अत्याधुनिक प्रविधि र हरित यातायात समाधान एकै स्थानमा अवलोकन गर्न सकिनेछ।

    एक्स्पोमा महिन्द्रा, बीवाईडी, डेन्जा, किया, एमजी, हुन्डाई, टोयोटा, निसान, चेरी, प्रोटोन, वुलिङ, काइयी, फोर्थिङ, एआरसीफक्स, बिएआईसी, ग्रेट वाल मोटर्स (जिडब्लुएम), म्याक्सस, स्काइवर्थ, हेन्री भोल्ट्स, लिपमोटर, सिट्रोएन, प्युजो, ओमोडा–जाएको, आइकार, टाटा मोटर्सलगायतका चारपाङ्ग्रे ब्रान्ड सहभागी हुनेछन्। त्यसैगरी केरर इलेक्ट्रिक स्कुटर, याडिया, निउ, बजाज, केटीएम, ट्रायम्फ, टीभीएस, होन्डा, सुजुकी, रोयल इन्फिल्ड, अल्ट्राभायोलेट, मोर्बिडेली, सीएफमोटो, जीहो, जेडएक्स मोटो, सीएक्स मोटरसाइकल, एथर, ग्यारो र चेतकजस्ता दुईपाङ्ग्रे ब्रान्डले आफ्ना नयाँ उत्पादन र प्रविधि सार्वजनिक गर्नेछन्।

    व्यावसायिक सवारीतर्फ कर्री, कीटन, चेरी वान्डा, जेड हान्ताङ ईभी भ्यान, स्काइवर्थ–कीटनसहित विभिन्न नयाँ ट्रक, भ्यान तथा व्यावसायिक सवारीसाधन पनि प्रदर्शन गरिनेछन्। साथै केही कम्पनीहरूले नेपाली बजारका लागि पहिलोपटक नयाँ ब्रान्ड र नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्।

    एक्स्पोमा आयाम इन्टरकन्टिनेन्टल, एड्भान्स्ड अटोमोबाइल्स, अग्नि इन्कर्पोरेटेड, अग्नि मोटर इन्क, बाइकर्स नेपाल, सिमेक्स इन्क, सिमेक्स मोबिलिटी, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज, ईभी राइड, इको इन्फिनिटी, इभोक नेपाल, फर्मी मोटर्स, जी.ओ. अटोमोबाइल्स, हंसराज हुलासचन्द एन्ड कम्पनी, हिमालय मोट्रोक्स, जगदम्बा मोटर्स, कुजु नेपाल, लक्ष्मी कमर्सियल, लक्ष्मी ई–मोबिलिटी, लक्ष्मी इन्टरकन्टिनेन्टल, लक्ष्मी मोटरहब, प्यारामाउन्ट मोटर्स, परिमिता इन्भेष्टमेन्ट, पायोनियर मोटोकर्प, ऋषि ट्रेड सेन्टर, एस क्युब इन्टरप्राइजेज, शाङ्ग्रिला मोटर्स, सिप्रदी ट्रेडिङ, स्पार्क अटोमोटिभ्स, एसपीजी अटोमोबाइल्स, स्याकर ट्रेडिङ, टीजी अटो ग्रुप, त्रयणा मोबिलिटी, युनाइटेड ट्रेडर्स सिन्डिकेट, भीजी अटोमोबाइल्स, भीजी इम्पेक्स, वैद्य इनर्जी तथा विशाल इन्टरप्राइजेज नेपाललगायतका कम्पनीहरूको सहभागिता रहनेछ।

    नाइमाका कार्यकारी अधिकृत राजकुमार दुलालका अनुसार एक्स्पोमा कुल ५१ वटा स्टल रहनेछन्। तीमध्ये १८ वटा दुईपाङ्ग्रे, २६ वटा यात्रुवाहक चारपाङ्ग्रे र ७ वटा व्यावसायिक सवारीसाधनका स्टल रहनेछन्। उहाँका अनुसार विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, अत्याधुनिक प्रविधि, दिगो तथा वातावरणमैत्री यातायात प्रणाली र नेपाली बजारमा भित्रिएका नयाँ ब्रान्डलाई एउटै मञ्चबाट अवलोकन गर्ने अवसर एक्स्पोले प्रदान गर्नेछ।

    नेपालमा विद्युतीय सवारीसाधनको बजार तीव्र गतिमा विस्तार भइरहेका बेला आयोजना हुन लागेको यो एक्स्पोलाई हालसम्मकै सबैभन्दा विविध र प्रविधिमैत्री मोबिलिटी प्रदर्शनीका रूपमा हेरिएको छ। नयाँ प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यसम्पादन क्षमता, चार्जिङ समाधान तथा भविष्यको हरित यातायातबारे जानकारी लिन चाहने सर्वसाधारण, व्यवसायी, लगानीकर्ता र अटोमोबाइल पारखीका लागि यो एक्स्पो विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar