नाइमा एक्स्पोमा सार्वजनिक भयो एमजी म्याजेस्टर, २.० लिटर ट्विन–टर्बो इन्जिनसहित

  • कालिका खवर
  • बुधबार, साउन २७, २०८३
  • काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा नयाँ एमजी म्याजेस्टर सार्वजनिक गरिएको छ। जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालि.ले एमजीको नयाँ प्रिमियम एसयूभी सार्वजनिक गरेको हो।
    एमजी म्याजेस्टर नेपालमा सार्वजनिक गरिएको एमजीको अहिलेसम्मकै ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी हो।

    कम्पनीका अनुसार यो भारतको पहिलो डी–प्लस सेग्मेन्ट एसयूभी हो, जुन परम्परागत फुल–साइज एसयूभीभन्दा माथिल्लो श्रेणीमा पर्छ। भारतबाहिर म्याजेस्टर प्राप्त गर्ने विश्वका प्रारम्भिक बजारमध्ये नेपाल पनि एक हो।

    कम्पनीले म्याजेस्टरलाई परम्परागत कम्प्याक्ट एसयूभी वा सामान्य ७–सिटरको प्रतिस्पर्धीका रूपमा नभई आफ्नै श्रेणी निर्माण गर्ने एसयूभीका रूपमा प्रस्तुत गरेको छ।

    ५ मिटरभन्दा लामो, २ मिटरभन्दा चौडा
    एमजी म्याजेस्टरको लम्बाइ ५ मिटरभन्दा बढी, चौडाइ २ मिटरभन्दा बढी र उचाइ करिब १.९ मिटर रहेको छ। ठूलो आकार, मांसल बडी लाइन र बोल्ड ग्रिलले एसयूभीलाई प्रभावशाली तथा बलियो स्वरूप दिएको छ।

    यसमा लेडर–फ्रेम निर्माण, २१९ एमएम ग्राउन्ड क्लियरेन्स तथा २६५/५५ आर१९ अल–टेरेन टायर दिइएको छ। यी विशेषताले काठमाडौंबाट पहाडी राजमार्ग तथा ग्रामीण सडकसम्मका विभिन्न भूगोलमा चलाउन सहज बनाउने कम्पनीको दाबी छ।

    २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन
    म्याजेस्टरमा २.० लिटर ट्विन–टर्बो डिजेल इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले २१५.५ पीएस पावर र ४७८.५ एनएम टर्क उत्पादन गर्छ।

    इन्जिनलाई ८–स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ। यसले राजमार्गमा सहज ड्राइभिङका साथै पहाडी सडकमा आवश्यक पुलिङ पावर प्रदान गर्ने कम्पनीको भनाइ छ।
    म्याजेस्टर ४×२ रियर–ह्विल ड्राइभ तथा ४×४ फोर–ह्विल ड्राइभ दुवै कन्फिगरेसनमा उपलब्ध हुनेछ।

    अफ–रोड क्षमताका लागि यसमा स्यान्ड, स्नो, मड र रकसहित १० वटा अफ–रोड ड्राइभिङ मोड उपलब्ध छन्। त्यस्तै, फ्रन्ट, सेन्टर र रियर गरी ट्रिपल डिफ्रेन्सियल लक तथा ८१० एमएम वाटर–वेडिङ क्षमता दिइएको छ।

    ६ र ७ सिटर विकल्प
    म्याजेस्टरको इन्टेरियरलाई प्रिमियम तथा आरामदायी बनाइएको छ। यसमा ६ सिटर र ७ सिटर कन्फिगरेसन उपलब्ध छन्।
    ६ सिटर संस्करणमा दोस्रो पङ्क्तिमा क्याप्टेन सिट दिइएको छ। अगाडिका सिटमा एम–लाउन्ज मल्टि–मोड मसाज र भेन्टिलेसन सुविधा रहेको छ।

    त्यस्तै, ग्यालेक्सी भ्यु प्यानोरामिक ग्लास रूफ, १२.३ इन्च एचडी पोट्रेट इन्फोटेनमेन्ट स्क्रिन र ७५ भन्दा बढी कनेक्टेड कार फिचर उपलब्ध छन्। रिमोट कन्ट्रोल, भ्वाइस कमान्ड र स्मार्ट अलर्टलगायतका सुविधा पनि यसमा समावेश छन्।

    लेभल–२ एडीएएससहित सुरक्षा
    सुरक्षाका लागि एमजी म्याजेस्टरमा ६ वटा एयरब्याग, लेभल–२ एडीएएस, ३६० डिग्री क्यामेरा र इलेक्ट्रोनिक पार्किङ ब्रेकलगायतका सुविधा दिइएको छ।

    गो अटोमोबाइल्सले प्रत्येक म्याजेस्टरमा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ। साथै, नेपालभर २४×७ रोडसाइड असिस्टेन्स सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

    नाइमा एक्स्पोमा बुकिङ गर्नेलाई १५.५० लाखसम्मको लाभ
    नाइमा मोबिलिटी एक्स्पो २०२६ मा एमजी म्याजेस्टर बुक गर्ने ग्राहकले १५ लाख ५० हजार रुपैयाँसम्मको भ्यालु प्याकेज प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    अफरअन्तर्गत ८ लाख रुपैयाँको निश्चित नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क प्रिमियम एसेसोरिज तथा १० हजार रुपैयाँभन्दा माथिको बुकिङमा गिफ्ट ह्याम्पर उपलब्ध गराइनेछ।

    त्यसैगरी, प्रत्येक बुकिङकर्ता सामसुङ ग्यालेक्सी एस२६ अल्ट्राको लक्की ड्रमा सहभागी हुन योग्य हुने कम्पनीले जनाएको छ।
    गो अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाले नेपालमा कम्पनीको उद्देश्य गाडी बिक्रीमा मात्र सीमित नरहेको बताएका छन्। ग्राहकले देशको जुनसुकै स्थानमा ड्राइभ गर्दा पनि विश्वस्तरीय सेवा र सहयोग प्राप्त गर्न सक्ने इकोसिस्टम निर्माणमा आफूहरू केन्द्रित रहेको उनको भनाइ छ।

    कम्पनीले काठमाडौंको धोबीघाटमा डेडिकेटेड एमजी सर्भिस वर्कसप सञ्चालन गरिरहेको छ भने देशभर सर्भिस सेन्टरको नेटवर्क विस्तार भइरहेको जनाएको छ। स्पेयर पार्ट्सको उपलब्धता, प्रशिक्षित प्राविधिक तथा २४×७ रोडसाइड असिस्टेन्समार्फत ग्राहक सेवा बलियो बनाउने कम्पनीको योजना छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar