नाइमा एक्स्पोमा प्रोटोन ई–मास ५ आकर्षणको केन्द्र, मूल्य ३२.९९ लाखदेखि

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन ई–मास ५ नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा आकर्षणको केन्द्र बनेको छ। अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बी’स्थित स्टल ‘एल–६’ मा ई–मास ५ अवलोकन तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। सार्वजनिक भएदेखि नै यस मोडलमा उल्लेख्य बुकिङ भइरहेको र एक्स्पोमा समेत ग्राहक तथा अटो पारखीको चासो बढेको कम्पनीको दाबी छ। रियर–ह्विल ड्राइभ प्लेटफर्म प्रोटोन ई–मास ५ आफ्नो सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित इलेक्ट्रिक एसयूभी भएको कम्पनीको दाबी छ। यसले सन्तुलित तौल वितरण, ड्राइभिङ क्षमता, स्थायित्व तथा सहज नियन्त्रणमा सहयोग गर्ने कम्पनीले जनाएको छ। सहरी सडकदेखि राजमार्ग तथा नेपालको पहाडी भूभागका सडकमा समेत सहज र सुरक्षित यात्रा गर्न सक्ने गरी गाडी डिजाइन गरिएको कम्पनीको भनाइ छ। तीनवटा स्मार्ट स्टोरेज दैनिक प्रयोगलाई ध्यानमा राख्दै ई–मास ५ मा तीनवटा स्मार्ट स्टोरेज सुविधा दिइएको छ। यसमा ७० लिटर अगाडिको स्टोरेज, २८ लिटर सिटमुनिको स्टोरेज र २० लिटर सेन्टर कन्सोलमुनिको स्टोरेज रहेको छ। त्यस्तै, गाडीमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ। यसले यात्राका क्रममा आवश्यक सामान व्यवस्थापनलाई थप सहज बनाउने कम्पनीको विश्वास छ। १४.६ इन्च डिस्प्ले र ३६० डिग्री क्यामेरा ई–मास ५ मा १४.६ इन्चको फुल एचडी डिस्प्ले युनिट, रियर मल्टि–लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन, जी–ट्र्याक्सन कन्ट्रोल सिस्टम र ३६.९ मिटरको ब्रेकिङ दूरीजस्ता सुविधा उपलब्ध छन्। यसमा ४.९५ मिटरको टर्निङ रेडियस र ६५ डिग्रीको डोर ओपनिङ एंगल दिइएको छ। साथै, बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने भेहिकल–टु–लोड (भीटूएल) प्रविधि पनि उपलब्ध छ। प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११–इन–१ इलेक्ट्रिक मोटर, पावर्ड टेलगेट र ३६० डिग्री क्यामेरालगायतका थप सुविधा दिइएको कम्पनीले जनाएको छ। ३२.९९ लाखदेखि मूल्य प्रोटोन ई–मास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा ई–मास ५ ले डिजाइन, रियर–ह्विल ड्राइभ प्रविधि, स्मार्ट स्टोरेज तथा प्रिमियम फिचरका कारण ग्राहकको ध्यान तानेको कम्पनीको दाबी छ। जगदम्बा मोटर्सले ग्राहक तथा अटो पारखीलाई हल ‘बी’, स्टल ‘एल–६’ मा आएर गाडीको प्रत्यक्ष अवलोकन तथा अनुभव लिन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar