नाइमा एक्स्पोमा चेरी वान्डाका ११ देखि १६ सिट क्षमताका विद्युतीय भ्यान

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा चेरी वान्डाले विभिन्न क्षमताका स्मार्ट विद्युतीय व्यावसायिक भ्यान प्रदर्शनमा राखेको छ।

    अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीसाधन राखिएका छन्। कम्पनीका अनुसार यी भ्यान व्यावसायिक यातायात तथा स्कुल–कलेज प्रयोजनलाई लक्षित गरी तयार गरिएका हुन्।

    ३०० किलोमिटरसम्म रेन्ज

    चेरी वान्डाका ११ र १२ सिटे मोडलमा ४१.८६ किलोवाट आवरको सीएटीएल ब्याट्री जडान गरिएको छ। यी मोडलमा ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटक पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीको दाबी छ।

    त्यस्तै, १४ सिटे मोडलमा ५३.५८ किलोवाट आवरको सीएटीएल ब्याट्री दिइएको छ। यसले ८० किलोवाट पिक पावर उत्पादन गर्ने तथा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ३०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

    १६ सिटे मिनी बसमा दुई ब्याट्री विकल्प

    चेरी वान्डाको १६ सिटे मिनी बसमा ५३.५८ र ७० किलोवाट आवरका सीएटीएल ब्याट्री विकल्प उपलब्ध छन्। यसमा मोडलअनुसार ८० र १२० किलोवाट पिक पावर तथा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ।

    कम्पनीका अनुसार १६ सिटे मिनी बसले मोडलअनुसार एकपटकको चार्जमा २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

    व्यावसायिक प्रयोगलाई लक्षित

    व्यावसायिक प्रयोजनमा विद्युतीय सवारीसाधनको माग बढिरहेका बेला चेरी वान्डाका ईभी भ्यानले यात्रु तथा व्यावसायिक यातायातका लागि आरामदायी, आधुनिक र वातावरणमैत्री विकल्प प्रदान गर्ने कम्पनीको विश्वास छ।

    यसैबीच, कम्पनीले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ। यसले व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई वित्तीय रूपमा सहज हुने कम्पनीको भनाइ छ।

    नाइमा एक्स्पोमा आगन्तुकले चेरी वान्डाका विभिन्न विद्युतीय व्यावसायिक सवारीसाधनका मोडल, ब्याट्री क्षमता, रेन्ज, पावर तथा खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar