नाइमा अटो एक्स्पोमा ग्लोबल आइएमईको विशेष गाडी कर्जा योजना, ब्याजदर ५.२५ प्रतिशतदेखि

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पो–२०२६लाई लक्षित गर्दै व्यक्तिगत सवारीसाधन कर्जामा विशेष योजना सार्वजनिक गरेको छ।

    बैंकका अनुसार एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार यस योजनामा कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि समायोजन हुनेछ।

    ईभी खरिदमा ५.९९ प्रतिशत स्थिर ब्याजदर
    बैंकले नाइमा अटो एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको विशेष योजना ल्याएको छ।

    तीन वर्षको स्थिर ब्याजदर अवधि समाप्त भएपछि कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिने बैंकले जनाएको छ।

    एक्स्पोमै कर्जाको आवेदन दिन सकिने
    गाडी खरिद गर्न इच्छुक ग्राहकको सहजताका लागि ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्स्पोमा आफ्नै स्टल राखेको छ। ग्राहकले एक्स्पोस्थलबाटै कर्जाको आवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ।

    आवश्यक कागजात तथा प्रक्रिया पूरा गरेका ग्राहकलाई बैंकले गाडी खरिदका लागि अधिकतम तीन दिनभित्र स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।

    देशभर ३४१ शाखा
    ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको उल्लेख गरेको छ।

    बैंकका अनुसार हाल ग्लोबल आइएमईको देशभर ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्।

    बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको दाबी गरेको छ। साथै, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar