नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

  • कालिका खवर
  • सोमवार, बैशाख ७, २०८३
  • काठमाडौं । नागरिक लगानी कोषद्वारा सञ्चालनमा रहेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ। सो सम्बन्धी समझदारीपत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण गरिएको हो।

    ६४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको यस लघुवित्त संस्थामा करिब पाँच सय कर्मचारी कार्यरत रहेका छन्। कोषको उक्त योजनामा संगठित संस्था तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ। यसअन्तर्गत योगदानमा आधारित वा गैर-योगदानमा आधारित दुवै ढाँचामा संस्थाहरूले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन्।

    सोही व्यवस्थाअनुसार मेरो माइक्रोफाइनान्स कोषको उपदान योजनामा आबद्ध भएको हो। यसअघि पनि कोषसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरू आबद्ध भइसकेका छन्।

    कोषले वि.सं. २०५५ सालदेखि सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनाअन्तर्गत विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने तथा कर्मचारी निवृत्त भएपछि भुक्तानी गर्ने व्यवस्था रहेको छ। यस योजनामा योगदानमा आधारित तथा गैर-योगदानमा आधारित दुवै प्रकारले सहभागी हुन सकिने प्रावधान रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar