नाडाको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यलयको निर्देशन

  • कालिका खवर
  • मङ्लबार, पुस ८, २०८२
  • काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको साधारण सभा तथा नयाँ कार्यसमिति चयनसम्बन्धी कार्यक्रम स्थगित गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले निर्देशन दिएको छ।

    जिल्ला प्रशासन कार्यालय (संस्था दर्ता शाखा) ले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई पठाएको पत्रअनुसार संस्थाको विधान बमोजिम हरेक दुई वर्षमा हुनुपर्ने नयाँ कार्यसमिति चयनसहितको साधारण सभा आगामी मिति २०८२/०९/०९ मा गर्ने सूचना प्रकाशित गरिएको भए पनि सो प्रक्रिया कानुनसम्मत नभएको ठहर गरिएको छ।

    प्रशासनले साधारण सभाका लागि प्रस्ताव गरिएको एजेन्डा, नयाँ कार्यसमिति चयन प्रक्रिया तथा निर्वाचन कार्यतालिका प्रकाशन गरी सभा सम्पन्न गर्ने तयारी गरिएको अवस्थामा संस्थालाई नै महासभामा लैजाने प्रस्तावसमेत कानुनसम्मत नभएको जनाएको छ। त्यसैले सो सम्बन्धी कुनै पनि कार्य नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालयले स्पष्ट निर्देशन दिएको छ।

    प्रशासनले कानुनअनुसार प्रक्रिया नपुर्‍याई गरिने गतिविधिले विवाद सिर्जना गर्न सक्ने भन्दै हालका लागि नाडाले प्रस्तावित साधारण सभा र निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि स्थगित गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar