नाडा अटो शोमा प्रोटोन ईमास ५ को आकर्षण, डेलिभरी पनि सुरु

  • कालिका खवर
  • शुक्रबार, भदौ १२, २०८३
  • काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो–२०२६ मा विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूबीच प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको छ। यही क्रममा मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ईमास ५ को नियमित मूल्य तथा ग्राहक केन्द्रित अफर सार्वजनिक गरेको छ।

    नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रतिनिधि दिपेश पौडेलका अनुसार करिब एक महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिएको ईमास ५ को डेलिभरी समेत सुरु भइसकेको छ।

    उनका अनुसार ईमास ५ चार हजार मिलिमिटरभन्दा बढी लम्बाइ भएको कम्प्याक्ट एसयूभी हो। यस मोडललाई आफ्नो सेग्मेन्टमा रियर–ह्विल ड्राइभ तथा इन्डिपेन्डेन्ट सस्पेन्सनसहित आउने पहिलो मोडलका रूपमा प्रस्तुत गरिएको छ।

    नाडा अटो शो–२०२६ मा नयाँ विद्युतीय सवारीसाधनप्रति दर्शक तथा ग्राहकको बढ्दो चासोबीच प्रोटोन ईमास ५ ले पनि विशेष आकर्षण पाएको देखिएको छ। कम्पनीले आधुनिक प्रविधि, डिजाइन तथा ग्राहक केन्द्रित सुविधासहित नेपाली ईभी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar