मुक्तिनाथ विकास बैंकले चाडपर्व लक्षित कृषि तथा एसएमई कर्जा योजना ल्यायो

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।

    चाडपर्वको समयमा आर्थिक गतिविधि र व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको योजनाअन्तर्गत कृषि तथा एसएमई कर्जामा न्यूनतम ०.५० प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराइने बैंकले जनाएको हो।

    यस्तै, कर्जा प्रवाह गर्दा लाग्ने कर्जा प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। योजनाबाट कृषि, उद्यम सञ्चालन, व्यवसाय विस्तार तथा कार्यशील पुँजीका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकको विश्वास छ।

    अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्थानान्तरण (टेकओभर) गर्नसमेत यस योजनाअन्तर्गत कर्जा उपलब्ध हुने बैंकले जनाएको छ। यो सुविधा सीमित अवधिका लागि मात्र लागू हुनेछ।

    ग्राहकले देशभर रहेका बैंकका १७६ वटै शाखामार्फत योजनाको लाभ लिन सक्नेछन्। कर्जाको प्रकार, ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तबारे जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar