मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

  • कालिका खवर
  • शनिबार, बैशाख २६, २०८३
  • सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार बिहान करिब ४ः३० बजे कालाबन्जार–धरान सडक खण्डमा प्रदेश १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल सिमेन्टको कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनापछि मोटरसाइकल करिब ३४ फिट तल पैनीको नालामा खसेको थियो ।

    दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–८ बरगीका ३० वर्षीय मनिस बस्नेतको मृत्यु भएको सूचना अधिकारी खड्काले बताए । प्रहरीका अनुसार मृतक बस्नेतको दाहिने गालामा गहिरो चोट लागेको अवस्थामा पैनीमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो । स्थानीयले ठूलो आवाज सुनेपछि प्रहरीचौकी भरौलमा खबर गरेका थिए ।

    प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar