मन्त्री घिसिङ्द्वारा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने निर्देशन

  • कालिका खवर
  • सोमवार, भदौ ३०, २०८२
  • काठमाडौँ ।  नवनियुक्त उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज (सोमबार) सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।

    डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापत विभिन्न उद्योगहरुलाई प्राधिकरणले २२ अर्बभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको छ । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक रहेको बेलामा बक्यौता उठाउन उनले ताकेता गरेका थिए । तर, गत चैतमा तत्कालीन सरकारले उनलाई बर्खास्त गरेको थियो । बर्खास्तगीमा परेका घिसिङ ७ महिनामा सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar