महालक्ष्मी विकास बैंकद्वारा बाढीपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

    भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाटलगायतका क्षेत्रमा अकल्पनीय रूपमा जनधनको ठूलो क्षति पुगेको बैंकले जनाएको छ।

    विपत्तिको यस विषम परिस्थितिमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकको तर्फबाट तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिन बराबरको पारिश्रमिकसमेत संकलन गरी कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको हो।

    बैंकले यस विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

    महालक्ष्मी विकास बैंकले विपत्तिको यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकाय र सरोकारवालाबाट भइरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar