महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ जेठ १७ देखि हुने

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • काठमाडौं । Mahalaxmi Bikas Bank ले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ आयोजना गर्ने भएको छ। प्रतियोगिता जेठ १७ गतेदेखि जेठ २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित Royal Sports Park मा सञ्चालन हुनेछ।

    हरेक वर्ष आयोजना हुँदै आएको यस क्रिकेट लिगलाई बैंक तथा वित्तीय क्षेत्रकै प्रतिष्ठित प्रतियोगिताका रूपमा हेरिएको छ। प्रतियोगितामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा मर्चेन्ट बैंकहरूको सहभागिता रहनेछ।

    प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त संस्था, ३ बीमा कम्पनी र १ मर्चेन्ट बैंकसहित कुल २४ टोली सहभागी हुनेछन्। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४५ खेल खेलाइनेछन् भने करिब २४० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

    लिगको उद्घाटन समारोह जेठ १७ गते आयोजना हुनेछ भने समापन तथा पुरस्कार वितरण कार्यक्रम जेठ २२ गते गरिनेछ। प्रतियोगिता सुरु हुनुअघि आयोजित टाइ–सिट तथा भेटघाट कार्यक्रममा विजेता तथा उपविजेता ट्रफी सार्वजनिक गरिएको थियो। सोही अवसरमा सहभागी टोलीका कप्तानलाई जर्सी समेत वितरण गरिएको बैंकले जनाएको छ।

    कम नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगितामा २४ टोलीलाई ६ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहबाट उत्कृष्ट टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। खेल १० ओभर प्रति इनिङ्सको हुनेछ।

    प्रतियोगितामा Machhapuchchhre Bank, NMB Bank, Prime Commercial Bank, Kumari Bank, Everest Bank, Nabil Bank, Sanima Bank, Nepal Bank, Prabhu Bank लगायत विभिन्न वित्तीय संस्थाहरूको सहभागिता रहनेछ।

    त्यसैगरी Garima Bikas Bank, Lumbini Bikas Bank, Kamana Sewa Bikas Bank, Jyoti Bikas Bank, Shangrila Development Bank, Shine Resunga Development Bank सहित अन्य संस्थाहरू पनि सहभागी हुनेछन्।

    प्रतियोगितामा विजेता तथा उपविजेता टोलीसँगै ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डर तथा फेयर प्ले अवार्डसहित विभिन्न विधाका खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ।

    प्रतियोगिताका सम्पूर्ण खेलहरू बैंकको आधिकारिक युट्युब च्यानल, Newa Television तथा न्यूवा टेलिभिजनको युट्युबमार्फत प्रत्यक्ष प्रसारण गरिने बैंकले जनाएको छ।

    “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै आएको महालक्ष्मी विकास बैंकले विगत ३२ वर्षदेखि देशभर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा कार्यालय तथा करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar