मेटलाइफ नेपाल र बीमा गोजिमा साझेदारी, मोबाइल एपबाटै उपलब्ध विशेष बीमा प्याकेज सार्वजनिक

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडौं । मेटलाइफ नेपालले डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यसहित डिजिटल प्लेटफर्म ‘बीमा गोजिमा’मार्फत पहिचान पाएको नियोअस्योर इन्स्योरेन्स एजेन्ट प्रालिसँग साझेदारी गर्दै मोबाइल एपबाटै खरिद गर्न सकिने विशेष बीमा सुरक्षा प्याकेजहरू सार्वजनिक गरेको छ।

    सहकार्यसँगै बीमा गोजिमा सदस्यहरूका लागि विशेष रूपमा तयार गरिएका सरल ग्रुप अफिनिटी प्याकेज उपलब्ध हुने मेटलाइफले जनाएको छ। अब ग्राहकहरूले केही आधारभूत केवाईसी विवरण भरेपछि आफ्नो मोबाइलबाटै आवश्यक बीमा विकल्प छान्न र तुरुन्तै खरिद गर्न सक्नेछन्। यसले बीमा सेवालाई थप छिटो, सजिलो र पहुँचयोग्य बनाएको छ।

    नयाँ प्याकेजमा टर्म लाइफ इन्स्योरेन्स, एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी, क्रिटिकल इलनेस कभर (गम्भीर रोग पुष्टि भएमा आर्थिक सहयोग उपलब्ध गराउने योजना) तथा एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट (दुर्घटनाजन्य उपचार खर्च कभर) जस्ता सुविधाहरू समावेश छन्।

    ग्राहकहरूले आफ्ना आवश्यकता अनुसार स्ट्यान्डअलोन टर्म लाइफ योजना वा टर्म लाइफ + एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी, टर्म लाइफ + क्रिटिकल इलनेस, वा सबै सुविधासहितको मिश्रित प्याकेज छनोट गर्न सक्ने व्यवस्था छ।

    मेटलाइफ र बीमा गोजिमाबीचको सहकार्यले डिजिटल–फर्स्ट ग्राहकहरूलाई आधुनिक र सहज बीमा अनुभव प्रदान गर्दै बीमा सुरक्षणलाई अझ सुलभ बनाउने लक्ष्य राखेको छ। दुवै संस्थाले सरल, किफायती र सबैका लागि उपलब्ध बीमा समाधान विस्तार गर्दै नेपालको डिजिटल बीमा इकोसिस्टमलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, “हामी नेपाली ग्राहकलाई सरल र भरपर्दो बीमा सुरक्षा प्रदान गर्ने यात्रामा छौं। बीमा गोजिमा सँगको यो सहकार्य डिजिटल बीमा पहुँचलाई नयाँ स्तरमा लैजान महत्वपूर्ण कदम हो।”

    नियोअस्योरका महाप्रबन्धक युगेन गौतमले भने, “यो साझेदारीले प्रविधि र विश्वसनीय सुरक्षाको शक्तिशाली संयोजन प्रस्तुत गर्दछ। बीमा गोजिमाले जीवन बीमालाई अझ पहुँचयोग्य बनाउँदै ग्राहकलाई सूचित निर्णय गर्न र आफ्नो परिवारको भविष्य सुरक्षित गर्न सक्षम बनाउनेछ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar