मधेश सरकारबाट बाहिरिँदै एमाले

  • कालिका खवर
  • बुधबार, अशोज २२, २०८२
  • जनकपुरधाम, २२ असोज । नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते राजीनामा घोषणा गरेका थिए । तर पछि उनले संसदबाट विश्वासको मत लिने अडानमा छन् ।

    पार्टीको निर्देशन समेत अटेर गर्दै उनी पदमा बसिरहेका हुन् । उनकै जनमत पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यस्तै नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar