ललितपुर मोबाइल व्यवसायी संस्था दोस्रो अधिवेशन तथा पाँचौँ साधारण सभा सम्पन्न

  • कालिका खवर
  • शनिबार, पुस १९, २०८२
  • ललितपुर । ललितपुर मोबाइल व्यवसायी संस्थाको दोस्रो अधिवेशन तथा पाँचौँ साधारण सभा २०८२ साल पौष १९ गते शनिबार गोदावरीस्थित ग्राण्ड सिलौटा रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई रहेका थिए भने कार्यक्रमको अध्यक्षता ललितपुर मोबाइल व्यवसायी संस्थाका अध्यक्ष सन्तोष घिमिरेले गरेका थिए। कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष दयालगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरत भट्टराईले मोबाइल व्यवसायलाई मर्यादित, संगठित र प्रविधिमैत्री बनाउँदै लैजान व्यवसायीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले उपभोक्ता विश्वास कायम गर्न गुणस्तरीय सेवा र पारदर्शी व्यवसायिक अभ्यास अपरिहार्य रहेको बताए। अध्यक्ष सन्तोष घिमिरेले संस्थाले विगतमा गरेका गतिविधि, उपलब्धि र चुनौतीबारे प्रकाश पार्दै आगामी दिनमा व्यवसायीको हकहित र क्षमता अभिवृद्धिमा थप सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे।

    साधारण सभामा संस्थाका अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भई सर्वसम्मतिले पारित गरिएको थियो। साथै अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
    नवगठित कार्यसमितिमा अध्यक्षमा देवभक्त डङ्गोल चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा प्रविन महर्जन, उपाध्यक्षमा विवेक बाद्याकार, महासचिवमा दिपक कुमार ओझा, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा रोशन महर्जन चयन भएका छन्। सदस्यहरूमा पुष्पराज श्रेष्ठ, जितकुमार महर्जन, कृष्ण खड्का, विजय देसार, रुपेश कार्की, सृजल थापा र विकेश महर्जन रहेका छन्।

    अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै ललितपुर मोबाइल व्यवसायी संस्थाले नयाँ नेतृत्वमार्फत व्यवसायीहरूको हित संरक्षण, व्यवसायिक सुदृढीकरण र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar