लिपमोटर सी१० २०२६ मोडलको विशेष अफर मूल्य ७५ लाख ९९ हजार रुपैयाँ

  • कालिका खवर
  • शुक्रबार, भदौ १२, २०८३
  • काठमाडौँ । गोल्छा अर्गनाइजेसन अन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आफ्नो इलेक्ट्रिक एसयूभी लिपमोटर सी१० को २०२६ मोडलका लागि विशेष अफर मूल्य सार्वजनिक गरेको छ।

    कम्पनीले सी१० २०२६ मोडललाई ७५ लाख ९९ हजार रुपैयाँको विशेष अफर मूल्यमा उपलब्ध गराउने जनाएको छ। उक्त अफर अवधि समाप्त भएपछि गाडीको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ कायम हुने बताइएको छ।

    नयाँ २०२६ मोडलमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधाहरू थप गरिएको छ। यसमा गाडीको आधिकारिक लिपमोटर एप, एप्पल कारप्ले तथा एन्ड्रोइड अटोको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री भएको तथा ग्राहकले रुचाएको मोडलका रूपमा सी१० परिचित रहेको बताइएको छ। उच्च सुरक्षा र फराकिलो केबिन स्पेसलाई ध्यानमा राख्दै सेल–टु–चेसिस (सीटीसी) प्रविधिमा निर्माण गरिएको यस इलेक्ट्रिक एसयूभीमा १६० किलोवाटको इलेक्ट्रिक रियर ह्वील ड्राइभ मोटर रहेको छ।

    कम्पनीका अनुसार सी१० ले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको सीएलटीसी रेन्ज प्रदान गर्छ भने यसमा १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ।

    गाडीको इन्टेरियरमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्ग मिटरको प्यानोरमिक ग्लास रूफ, एल२ एडीएएस सुरक्षा सुविधा तथा आरामदायक प्रिमियम लेदरेट सिटहरू उपलब्ध छन्।

    सांग्रिला मोटर्सले ग्राहक तथा अवलोकनकर्ताबाट प्राप्त विश्वास र सहयोगप्रति आभार व्यक्त गरेको छ। माजेराटी, अल्फा रोमियो र प्युजो लगायतका विश्वप्रसिद्ध ब्रान्डहरू समेटिएको अन्तर्राष्ट्रिय अटोमोटिभ समूह स्टेलान्टिससँगको विश्वव्यापी सहकार्यमा लिपमोटर सञ्चालन हुँदै आएको छ।

    कम्पनीका अनुसार लिपमोटर चीनको अग्रणी स्टार्ट–अप न्यु इनर्जी भेहिकल (एनईभी) ब्रान्डमध्ये एक हो। लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ।

    विश्वका ५० भन्दा बढी देशमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको सञ्जालमार्फत कम्पनीले आफ्ना ग्राहकलाई बिक्रीपछिको सेवा तथा सहज स्वामित्व अनुभव प्रदान गर्दै आएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar