कुमारिपाटीमा ‘Rinova Education Consultancy’ सञ्चालनमा

  • कालिका खवर
  • आइतवार, जेष्ठ ३, २०८३
  • ललितपुर । Rinova Education Consultancy ले ललितपुरको कुमारिपाटीमा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। “Nurture, Grow, Succeed” भन्ने नारासहित स्थापना गरिएको संस्थाले विदेश अध्ययनदेखि सीप विकाससम्मका विभिन्न सेवा एकै स्थानबाट उपलब्ध गराउने जनाएको छ।

    संस्थाका संस्थापकहरू Pratiksha Ghimire, Rina Shrestha तथा Piya Ratna Maharjan रहेका छन्। संस्थाले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, करिअर योजना तथा आधुनिक सीप विकासमा केन्द्रित सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

    संस्थापक प्रतीक्षा घिमिरेका अनुसार संस्थाले प्रमाणित IELTS नतिजा, निःशुल्क करिअर काउन्सिलिङ, छात्रवृत्ति केन्द्रित मार्गदर्शन, अनुभवी प्रशिक्षक तथा उच्च भिसा सफलता दरलाई प्राथमिकतामा राखेको छ। साथै, विद्यार्थीलाई भिसापछि पनि आवश्यक सहयोग उपलब्ध गराइने उनले बताइन्।

    त्यस्तै, संस्थापक रिना श्रेष्ठका अनुसार United Kingdom, United States, Canada, Japan, South Korea, India तथा New Zealand लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, SOP लेखन, डकुमेन्टेसन, भिसा आवेदन तथा प्रि-डिपार्चर काउन्सिलिङ सेवा उपलब्ध गराइनेछ।

    संस्थापक पिया रत्न महर्जनले विदेश अध्ययनसँगै व्यावहारिक सीप विकासलाई पनि संस्थाले विशेष प्राथमिकतामा राखेको बताए। संस्थामा IELTS र PTE तयारी कक्षा, कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन, Python, Web Development, ट्युसन कक्षा तथा Data Analytics, Tally Accounting, Content Creation र Stock Market सम्बन्धी तालिम सञ्चालन गरिने जानकारी दिइएको छ।

    संस्थाले हाल विभिन्न कोर्सहरूमा “Free Demo Class” समेत सञ्चालन गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar