श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

  • कालिका खवर
  • आइतवार, जेष्ठ ३, २०८३
  • काठमाडौँ : सल्यानमा २० वर्षीया महिलाको हत्या आरोपमा उनकै श्रीमान पक्राउ परेका छन्। जिल्लाको बागचौर नगरपालिका– ५ चिलडालेकी २० बर्षीया सरिता वादीको हत्या आरोपमा २४ बर्षीय श्रीमान शंकर वादी पक्राउ परेका जिल्ला प्रहरी प्रवक्ता देवराज भट्टराइले जानकारी दिए। वैशाख १५ गते बिहान सरिता आफू सुत्ने कोठामा मृत फेला परेकी थिइन्। साँझ खाना खाएर सुतेकी उनी बिहानसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    त्यसपछि इलाका प्रहरी कार्यालय सिमखोलीबाट प्रहरी सहायक निरीक्षक निरज खत्री नेतृत्वको टोली बिहान साढे ११ बजेतिर घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार उनी सुत्ने कोठामा उत्तानो पल्टिएको अवस्थामा मृत फेला परेकी थिइन्। यो घटना अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षक यामबहादुर मल्लको नेतृत्वमा प्रहरी पुगेको थियो। प्रहरीले सरिताका श्रीमान शंकर वादी र उनका भाइ १८ वर्षीय सुनिल वादीलाई पनि नियन्त्रणमा लिएको थियो।

    पोस्टमर्टमपछि सोही राति सरिताका दाजु प्रकाश वादीले शव बुझेर लगेका थिए। प्रहरीले १६ गते सुनिललाई भने आवश्यक पर्दा उपस्थित हुने सर्तमा छोडेको थियो। माइती पक्षले सरिताको हत्या भएको भन्ने किटानी जाहेरी दिएपछि प्रहरीले कर्तव्य ज्यान शीर्षकमा घटना अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक भट्टराइले बताए। पोस्टमर्टम रिपोर्टमा भने सरिताको मृत्युको कारण ‘ह्याङगिङ’ भनेको छ।

    सरिताको मृत्यु पछि श्रीमान प्रकाशले माइतीलाई ढिला गरि खबर गरेका थिए। उनले पेट दुखेको कारण सरिताको मृत्यु भन्ने माइतीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक भट्टराइका अनुसार सरिताको घाँटीमा निलडामहरु देखिएका थिए। इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखेर शंकरमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। उनीहरूका २ वर्षीया छोरी छिन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar