कृषि विकास बैंकलाई लगातार दोस्रो वर्ष SAFA को ‘Certificate of Merit’ अवार्ड

  • कालिका खवर
  • शनिबार, मंसिर १२, २०८३
  • काठमाडौं । कृषि विकास बैंक लिमिटेडले दक्षिण एसियाली लेखापाल महासंघ (SAFA) बाट लगातार दोस्रो वर्ष प्रतिष्ठित ‘Certificate of Merit’ अवार्ड प्राप्त गरेको छ।

    बैंकले सार्वजनिक क्षेत्रका बैंकहरूको विधाअन्तर्गत ‘Best Presented Annual Report Awards, Integrated Reporting Awards and Corporate Governance Disclosure’ शीर्षकमा उक्त सम्मान प्राप्त गरेको हो।

    SAFA ले आर्थिक वर्ष २०८१/८२ को बैंकको वार्षिक प्रतिवेदन मूल्यांकन गर्दै वित्तीय पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनमा देखाएको उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान प्रदान गरेको हो।

    बंगलादेशको ढाकामा आयोजित विशेष समारोहमा बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो। कृषि विकास बैंकले गत वर्ष पनि SAFA बाट यही सम्मान प्राप्त गरेको थियो।

    अन्तर्राष्ट्रिय लेखापाल महासंघ (IFAC) को क्षेत्रीय सञ्जाल साझेदार रहेको SAFA दक्षिण एसियाका ११ वटा चार्टर्ड एकाउन्टेन्सी संस्थाहरूको साझा संगठन हो। यसले प्रत्येक वर्ष दक्षिण एसियाली मुलुकका विभिन्न संस्थाले प्रकाशित गरेका वार्षिक वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्यांकन गरी उत्कृष्ट संस्थालाई सम्मान गर्दै आएको छ।

    लगातार दोस्रो वर्ष प्राप्त यस सम्मानले कृषि विकास बैंकको वित्तीय प्रतिवेदन प्रणाली, पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar