सन नेपाल लाइफको ‘प्रयत्न निरन्तर सम्मान तथा सबलीकरण’ कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • शनिबार, मंसिर १२, २०८३
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कौशलटार शाखाको आयोजनामा ‘प्रयत्न निरन्तर सम्मान तथा सबलीकरणको अवसर’ कार्यक्रम सम्पन्न भएको छ। भक्तपुरको चारदोबाटोमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्नुका साथै बीमा व्यवसायको विस्तार र अभिकर्ताको क्षमता अभिवृद्धिमा जोड दिइएको थियो।

     

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धक सनत सत्याललगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सीईओ अर्यालले कम्पनीका पछिल्ला गतिविधि, उपलब्धि तथा समग्र बीमा उद्योगको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। उनले बीमा क्षेत्रको विकास, कम्पनीको प्रगति र आगामी सम्भावनाबारे प्रकाश पार्दै बीमा व्यवसायलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

    त्यसैगरी, सीएमओ चौलागाईंले कम्पनीको आगामी बजार रणनीति तथा व्यवसाय विस्तारका योजनाबारे जानकारी गराएका थिए। उनले विभिन्न क्लब एचिभर्स, एडीएम, बीमा सल्लाहकार तथा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मानसमेत गरेका थिए।

    कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारीले अभिकर्ता पेसाको महत्त्व, यस क्षेत्रमा रहेका करियरका सम्भावना तथा उपलब्ध अवसरहरूबारे प्रस्तुति दिएकी थिइन्। उनले बीमा क्षेत्रमा अभिकर्ताको भूमिका र व्यावसायिक सफलताका सम्भावनाबारे सहभागीहरूलाई जानकारी गराएकी थिइन्।

    कार्यक्रमको उद्घोषण तथा स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक सनत सत्यालले गरेका थिए। कार्यक्रममा करिब ७० जनाको उपस्थिति रहेको थियो ।कौशलटार शाखा प्रबन्धक योगेन्द्र कुमार कुंवरका अनुसार अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यावसायिक सबलीकरण तथा उत्कृष्ट कार्यसम्पादनको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रमले अभिकर्ताहरूलाई थप उत्साह र प्रेरणा प्रदान गर्नुका साथै आगामी दिनमा व्यावसायिक दक्षता अभिवृद्धि र प्रभावकारी नतिजा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar