लगातार घटेको सुनको भाउमा पुनः वृद्धि, एकैदिन ३ हजार ३०० रुपैयाँ महँगियो

  • कालिका खवर
  • शुक्रबार, मंसिर ११, २०८३
  • काठमाडौं । नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुन प्रतितोला तीन हजार तीन सय र चाँदी १२० रुपैयाँले बढेको हो ।

    आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार आठ सय रुपैयाँ कायम थियो ।

    आज चाँदीको मूल्य तोलामा तीन हजार १९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तीन हजार ७५ रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar