रास्वपाबाट हटाइएका थापाले भने– यो पार्टीभित्रकै केही फटाहाहरुको ठूलो षड्यन्त्र हो

  • कालिका खवर
  • शुक्रबार, मंसिर ११, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको उपसभापतिबाट हटाइएका टाकाराज थापा ‘सुरेश’ले पार्टीभित्रकै केहीले आफ्नो चरित्रमा दाग लगाउन ठूलो षड्यन्त्र गरेको बताएका छन् । बिहीबार पार्टीको जिम्मेवारीबाट हटाइएका थापाले शुक्रबार फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।

    ‘सबैलाई थाहा छ नखाएको विष लाग्दैन भन्ने । तर मलाई पटकपटक केही स्वार्थ बोकेका फट्टाहरुले जबरजस्ती विष पिलाउन नखोजेका होइनन् । र अहिले त्यो तिमीहरूले मलाई जबरजस्ती विष पिलाई मेरो नैतिकता नै हत्या गर्न सफल भएका छौ ।’ उनले फेसबुकमा लेखेका छन्, ‘म महादेव (शिव)को भक्त हुँ । तिमीहरूले जबरजस्ती पिलाएको विष कण्ठमा राख्ने क्षमता छ ।

    पेटमा गएको छैन । यो कलियुग हो, मेरो नैतिकता नै हत्या गर्ने विष एकदिन तिमीहरूको पेटमा छिट्टै पुग्नेछ भन्ने आशा लिएको छु । अन्त्यमाः सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरूमा म फेरि पनि भन्छु मैले विष खाएको छैन । यो त मेरो इमान्दारिता गिराउने नैतिकता हत्या गर्ने र मेरो चरित्रमा दाग लगाउने केही फटाहाहरुको राजनीतिक ठूलो षड्यन्त्र मात्र हो ।’

    रास्वपा मकवानपुरले कारबाहीको सिफारिस गरेपछि बिहीबार बागमती प्रदेश समितिले सर्वसम्मत निर्णय गर्दै थापालाई पार्टी जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar