कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

  • कालिका खवर
  • बिहिबार, मंसिर १०, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ ।

    मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

    यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

    बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठक केही दिनसम्म निरन्तर सञ्चालन हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar