कोरला नाका हुँदै ओमोडा र जेइकुका नयाँ गाडी डिस्प्याच

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौं । नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा र जेइकुका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै सफलतापूर्वक डिस्प्याच गरिएको जनाएको छ।

    रसुवागढी नाकातर्फको सडक मार्गमा हालै आएको विनाशकारी बाढीका कारण अवरोध उत्पन्न भएपछि ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ।

    डिस्प्याच गरिएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुग्ने क्रममा रहेका छन्। यससँगै देशभर गाडीको आपूर्ति तथा डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ।

    नायमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शो २०२६ मा ओमोडा र जेइकुका गाडीप्रति देखिएको ग्राहक आकर्षण तथा बुकिङपछि नयाँ गाडीहरू छिट्टै ग्राहकलाई डेलिभरीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

    ओमोडा ई५ र ई५ प्रोमा १९१ एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेभल २.५ एडीएएस, भेन्टिलेटेड, हिटेड तथा मसाज सिट र प्रिमियम इन्टेरियर जस्ता सुविधा रहेका छन्।

    त्यस्तै, जेइकु जे५ र जे५ प्रोमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटर बुट स्पेस, १५.६ इन्च सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिट उपलब्ध छन्।

    जेइकु जे६ टीमा २२५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ४३१ किलोमिटरसम्मको रेन्ज, ६५.६९ किलोवाट आवर ब्याट्री तथा १३५ किलोवाट मोटर रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यी विशेषताले जे६ टीलाई शहरी यात्रादेखि साहसिक तथा लामो दूरीको ड्राइभिङसम्मका लागि उपयुक्त बनाउँछ।

    गाडीहरू देशभर वितरणका लागि डिस्प्याच भइसकेसँगै यसअघि ओमोडा तथा जेइकुका गाडी बुकिङ गरेका ग्राहकहरूले छिट्टै आफ्नो गाडी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। नयाँ ग्राहकहरूले नजिकको आधिकारिक ओमोडा तथा जेइकु डिलरशिपमा पुगेर उपलब्ध मोडल, विशेषता तथा मूल्यबारे जानकारी लिनुका साथै गाडी बुकिङ गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar