केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, मंसिर १६, २०८२
  • काठमाडौं : केशरमहलमा कारले ड्युटीमा रहेको ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ । कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन् ।

    केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर उक्त कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो ।

    मृतक अन्दाजी ३० वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । घाइतेमध्ये ट्राफिकको दुवै खुट्टा र छातीमा चोट लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसपी नरेशराज सुवेदीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar