केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • काठमाडौं । केडिया समूहले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

    केडिया परिवारको तर्फबाट समूहले मंगलवार उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

    विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले केडिया समूहले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको हो ।

    पछिल्लो समय बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थाले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने क्रम बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar