कान्ति आरोग्य अस्पतालमा आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ५० प्रतिशतसम्म छुट

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पतालमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्। स्वास्थ्य सेवालाई अझ सहज र किफायती बनाउने उद्देश्यसहित उक्त छुट सुविधा लागू गरिएको कम्पनीले जानकारी दिएको छ।

    अस्पतालमा डाक्टर परामर्श शुल्कमा ५० प्रतिशत छुट रहनेछ भने ल्याब टेस्ट तथा एक्स–रे सेवामा ३० प्रतिशत छुट दिइनेछ। यस्तै, बेड चार्जमा २० प्रतिशत तथा अपरेसन, भिडियो एक्स–रे र औषधि सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

    छुट पाउनका लागि बीमितहरूले आईएमई लाइफ मोबाइल एपमा उपलब्ध ‘प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ। अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी छुट सेवा लिन सक्नेछन्।

    नेपालगञ्ज क्षेत्रको ख्यातिप्राप्त स्वास्थ्य संस्थामध्ये एक मानिने कान्ति आरोग्य अस्पतालले बिरामी–केन्द्रित सेवा, अत्याधुनिक सुविधा तथा दक्ष चिकित्सकहरूको टोलीसहित उच्चस्तरको उपचार सेवा प्रदान गर्दै आएको छ। शहरको मध्यभागमा अवस्थित अस्पतालले विभिन्न विशेषज्ञ सेवाहरू उपलब्ध गराउँदै स्थानीय तथा आसपासका क्षेत्रका बिरामीलाई महत्वपूर्ण स्वास्थ्य सहयोग पुर्‍याउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar