कामपा–१४ बल्खुमा डा. अजय क्रान्ति शाक्यलाई स्थानीयको साथ

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • काठमाडौँ । आज २०८२ फागुन ०६ गते काठमाडौँ महानगरपालिका–१४ बल्खु क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा  डा. अजय क्रान्ति शाक्यलाई स्थानीयवासीले  माया, साथ र आशिर्वाद प्रदान गरेका छन्।

    घरदैलो कार्यक्रमका क्रममा डा. शाक्यले टोल–टोलमा पुगेर ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयवासीले खानेपानी, सडक सुधार, ढल व्यवस्थापन, स्वास्थ्य सेवा र रोजगारीका विषयमा आफ्ना समस्या राखेका थिए।

    स्थानीय एक ज्येष्ठ नागरिकले भने, “हामीलाई हाम्रो दुःख बुझ्ने र समाधानका लागि पहल गर्ने नेतृत्व चाहिएको छ। डा. शाक्यज्यूले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो, हामी आशावादी छौं।”
    कार्यक्रममा बोल्दै डा. शाक्यले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै बल्खु क्षेत्रको समग्र विकासका लागि स्पष्ट योजना र दृढ प्रतिबद्धता रहेको बताए। “जनताको दुःख बुझ्ने, समस्या समाधान गर्ने र दिगो विकास अघि बढाउने मेरो प्राथमिकता हो,” उनले भने।

    घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। बल्खु क्षेत्रको विकासलाई गति दिन जनताको साथ र सहयोगले आफूलाई थप जिम्मेवार बनाएको डा. शाक्यले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar