कामना सेवा विकास बैंकको नाफामा दोहोरो अंक वृद्धि, पहिलो त्रैमासमै साढे १९ करोड रुपैयाँ खुद नाफा

  • कालिका खवर
  • शनिबार, कार्तिक १५, २०८२
  • काठमाडौं । कामना सेवा विकास बैंकले नाफा दोहोरो अंकमा वृद्धि गरेको छ। तीन महिनामै बैंकले साढे १९ करोड बढी खुद नाफा कमाएको छ। बैंकले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

    साउनदेखि असोज मसान्तसम्मको अवधिमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९३ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेर तीन महिनामा ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ पुगेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा १९.०६ प्रतिशत बढी हो। गत आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ थियो।

    यता, बैंकको सञ्चालन नाफा पनि १०.८५ प्रतिशतले बढेर २८ करोड २२ लाख ६३ हजार रुपैयाँ पुगेको छ। समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १३ करोड ५२ लाख २१ हजार रुपैयाँ रहेको छ।

    बैंकसँग हाल ४.४१ प्रतिशत खराब कर्जा (एनपीएल) रहेको छ, जुन गत आवको सोही अवधिमा ३.६ प्रतिशत थियो। यस अवधिमा बैंकले कुल ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ पुगेको छ। जगेडा कोषमा बैंकले १ अर्ब ८८ करोड ५१ लाख रुपैयाँ राखेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २०.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५.३१ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar