कामना सेवा विकास बैंक ‘साफा अवार्ड २०२४’ बाट सम्मानित

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौं । कामना सेवा विकास बैंक “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) अवार्ड २०२४” बाट सम्मानित भएको छ। बैंकले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” प्राप्त गरेको हो।

    साफाले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनको मुल्यांकनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनमा उत्कृष्ट प्रकरण प्रस्तुत गर्ने संस्थालाई अवार्ड प्रदान गर्दै आएको छ। कामना सेवाको यस वर्ष साधारणसभामा पेस गर्न तयार गरिएको वित्तीय विवरणले शेयरधनी तथा सरोकारवालामाझ विवरणहरू स्पष्ट र विश्वसनीय रूपमा प्रस्तुत गरेको ठहरिएको छ।

    पाकिस्तानको इस्लामाबादमा आयोजित पुरस्कार समारोहमा बैंकलाई सम्मान गरिएको हो। गत वर्ष पनि विकास बैंकले साफा अवार्ड प्राप्त गर्ने उपलब्धि हासिल गरेको थियो।

    साफा इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको सहकार्य निकाय हो, जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तानसहित ११ दक्षिण एसियाली चार्टर्ड एकाउन्टेन्ट संस्थाहरू सदस्य रहेका छन्। साफाले प्रत्येक वर्ष दक्षिण एसियामा प्रकाशन भएका उत्कृष्ट वित्तीय प्रतिवेदनहरूको मूल्यांकन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ।

    यस्तै, कामना सेवाको यही वित्तीय प्रतिवेदन यसअघि चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबाट प्रदान गरिने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४” मा वित्तीय सेवा क्षेत्रतर्फ ‘गोल्ड अवार्ड’ बाट समेत सम्मानित भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar