कामना सेवा विकास बैंक र पारस अस्पतालबीच सेवा शुल्क छुट समझदारी

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं । कामना सेवा विकास बैंकले मोरङ, विराटनगरस्थित पारस अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

    बैंकले जनाएको अनुसार बैंकसँगको आबद्धता प्रमाणित हुने कागजात प्रस्तुत गरेपछि ग्राहकहरूले सहज रूपमा उक्त सुविधा प्राप्त गर्न सक्नेछन्। यस सहकार्यबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिहरू विशेष लाभान्वित हुने बैंकको विश्वास छ।

    सम्झौतामा बैंकतर्फबाट कोशी प्रदेश प्रमुख खिमलाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar