जगदम्बा स्टीलको विद्युत बक्यौता तिरेपछि लाइन पुनः जडान

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ  । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेको जगदम्बा स्टील प्रा.लि. ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ।

    पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ पुनः जडान गरिएको हो। जगदम्बा स्टील उद्योग बारा–पर्सा औद्योगिक क्षेत्रभित्र सबैभन्दा बढी बक्यौता रहेको उद्योग मानिन्छ।

    जगदम्बाको कुल बक्यौता रकम १ अर्ब ६० करोड १८ लाख रुपैयाँ रहेको छ। कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो।

    बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको थियो र जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता तिरेको प्रशासनिक स्रोतले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar