जेनजीहरूलाई आवेगमा नआउन ओलीको आग्रह

  • कालिका खवर
  • आइतवार, अशोज १२, २०८२
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् ।

    शनिबार एमालेको भ्रातृ संगठन युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने, ‘जेनजी घरैपिच्छे छन्। घरघरमै छन्। जेनजीका नाममा केही भाइबहिनी संगठित हुनुभएको छ। केहीलाई गुमराहमा राखिएको छ।’

    गत २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएर अभिव्यक्ति दिएका हुन् । आफ्नो सम्बोधनको क्रममा उनले भने, ‘तपाईंहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ, यसरी नै आगजनी गर्दै जाने हो भने, होटल, ऐतिहासिक सम्पदा ध्वस्त पार्दै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्न।’

    जेनजी प्रदर्शनको क्रममा भएको आगजनी र सार्वजनिक सम्पत्तिमा भएको क्षतिप्रति लक्षित गर्दै ओलीले जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar