इक्यान अध्यक्षमा लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा

  • कालिका खवर
  • बिहिबार, पुस १७, २०८२
  • काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को अध्यक्ष पदका लागि प्रथम उपाध्यक्ष लक्ष्मण पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन्।

    पौडेल इक्यानका वर्तमान प्रथम उपाध्यक्ष हुन् भने उनी ग्रेस इन्टरनेसनलका संचालकसमेत रहेका छन्। उनको उम्मेदवारीसँगै इक्यानको आगामी नेतृत्वको प्रतिस्पर्धा थप चर्कने अपेक्षा गरिएको छ।

    उक्त घोषणा साधारण सभा र निर्वाचनको मिति सार्वजनिक भएपछि सार्वजनिक गरिएको हो। साधारण सभा २८ पुस अर्थात् १२ जनवरीमा बिहान ८ बजे काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजना हुँदैछ। सोही अवसरमा नयाँ कार्यसमितिका लागि निर्वाचनसमेत हुने कार्यक्रम तय गरिएको छ।

    लक्ष्मण पौडेल शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनी इक्यानभित्र विभिन्न जिम्मेवारी निभाउँदै आएको अनुभवका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनेका हुन्।

    उम्मेदवारी घोषणा गर्दै पौडेलले इक्यानलाई सदस्य–केन्द्रित, पारदर्शी र उत्तरदायी संस्था बनाउने लक्ष्यसहित चुनावी मैदानमा आएको बताए। उनी शैक्षिक परामर्श क्षेत्रको सुधार, मर्यादित व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सक्षम बनाउने योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

    पौडेलको उम्मेदवारीसँगै इक्यान अध्यक्ष पदको दौडमा प्रमुख प्रतिस्पर्धीको रूपमा महासचिव दीपकराज भुसालसहित अन्य उम्मेदवारहरूसँग चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar