बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड रुपैयाँको क्षति

  • कालिका खवर
  • शनिबार, कार्तिक १, २०८३
  • पर्यटन पुनरुत्थानका लागि प्रभावकारी पहल आवश्यक

    काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसपछि गएको पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा प्रारम्भिक अनुमानअनुसार ५२ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्तुत प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार बाढी र पहिरोले पर्यटनसँग सम्बन्धित विभिन्न पूर्वाधार तथा व्यवसायमा ठूलो क्षति पुर्‍याएको हो। पर्यटन क्षेत्रको क्षति मूल्यांकन तथा पुनरुत्थानका विषयमा भएको छलफलमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य तथा द्रुत प्रतिकार्य टोलीका संयोजक सहदेव धमला र बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले प्रतिवेदन प्रस्तुत गरेका थिए।

    बाढीका कारण होटल, रेस्टुरेन्ट, पदयात्रा मार्ग, पुल तथा अन्य पर्यटन पूर्वाधार प्रभावित भएका छन्। यसले पर्यटन व्यवसायी, स्थानीय समुदाय तथा पर्यटनमा निर्भर रोजगारीमा समेत असर पारेको छ।

    पर्यटन क्षेत्रको पुनरुत्थानका लागि क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, पर्यटकीय गन्तव्यसम्मको पहुँच सहज बनाउने तथा प्रभावित व्यवसायलाई पुनः सञ्चालनमा ल्याउने विषय महत्त्वपूर्ण देखिएको छ।

    नेपालको पर्यटन क्षेत्रलाई पुनः गतिशील बनाउन सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदायबीच समन्वय गरी पुनरुत्थानका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar