हुन्डाई क्रेटाले नेपालमा मनायो १०औं वार्षिकोत्सव

  • कालिका खवर
  • सोमवार, भदौ १६, २०८२
  • काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १० औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ।

    नेपालमा सार्वजनिक भएको पहिलो दिनदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, उच्च सुरक्षा र भरपर्दो गुणस्तरका कारण सबैभन्दा रुचाइने तथा विश्वासिलो एसयूभीको रूपमा स्थापित भएको छ।

    गत दशकमा क्रेटाले नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा छुट्टै पहिचान बनाउन सफल भएको छ। यस अवधिमा यसको विभिन्न मोडल र अपग्रेडहरू सार्वजनिक भएका छन्, जसले प्रत्येक पटक डिजाइन र पर्फमेन्समा नयाँ स्तर कायम गरेको छ।

    हालै सार्वजनिक गरिएको क्रेटा ईभी ले यस यात्रालाई अझ अगाडि बढाउँदै वातावरणमैत्री र दिगो यात्राको दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ। हजारौं नेपाली परिवारहरूको रोजाइमा परेको यस एसयूभीले भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको कम्पनीले जनाएको छ।

    यस अवसरमा हुन्डाई नेपालले सम्पूर्ण ग्राहकवर्ग, डिलर तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ नयाँ प्रविधि र प्रतिबद्धतासहित नेपालमा दिगो यात्राको भविष्य निर्माणमा साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar