ॐ हस्पिटलको अनुसन्धान प्रस्तुतिलाई बेस्ट पेपर अवार्ड

  • कालिका खवर
  • आइतवार, पुस ६, २०८२
  • काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले उत्कृष्ट अनुसन्धान प्रस्तुतिका लागि ‘रमेश्वरी श्रेष्ठ बेष्ट पेपर अवार्ड’ प्राप्त गरेको छ।

    नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (NSCCM) को सातौं राष्ट्रिय सम्मेलन तथा क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपाल (CCNAN) को चौथो राष्ट्रिय सम्मेलनमा ॐ हस्पिटलको आईसीयूमा कार्यरत रजिष्टर्ड सघन उपचार नर्स बृन्दा नेपालले “Clinical Profile of Mechanically Ventilated Patients in ICU” शीर्षकमा अनुसन्धानमा आधारित पेपर प्रस्तुत गर्नुभएको थियो।

    देशभरका विभिन्न अस्पतालबाट क्रिटिकल केयर नर्सहरूले प्रस्तुत गरेका १४ वटा अनुसन्धानमा आधारित पेपरहरुमध्ये आर.एन. बृन्दा नेपालको प्रस्तुति उत्कृष्ट भएर प्रथम स्थान हासिल गर्न सफल भयो। उहाँलाई क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालकी अध्यक्ष गंगा हुमागाईंले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो।
    सो अवार्ड नेपालकी प्रथम क्रिटिकल केयर नर्स स्वर्गीय रमेश्वरी श्रेष्ठको सहयोगमा स्थापना गरिएको हो।

    यसै अवसरमा आयोजित नृत्य प्रतियोगितामा समेत ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका आईसीयू नर्सहरूको टोलीले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार र सम्मानपत्र प्राप्त गरेको छ। प्रतियोगितामा आर.एन. सरिता तामाङ, आर.एन. सन्ध्या गुरुङ, आर.एन. बिष्णु माया तामाङ र आर.एन. श्रद्धा अधिकारीको सहभागिता रहेको थियो।

    ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आईसीयू प्रमुख डा. प्रमेश सुन्दर श्रेष्ठ, क्रिटिकल केयर नर्स इन्चार्ज सबिना ढकाल पाठक तथा सम्पूर्ण आईसीयू टिमलाई यस उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar