HONOR Winter Deals: जाडोमा स्मार्ट अपग्रेड, आकर्षक उपहारसहित

  • कालिका खवर
  • सोमवार, मंसिर २९, २०८२
  • काठमाडौँ । HONOR ले जाडो मौसमको सुरुवातसँगै ग्राहकहरूका लागि विशेष Winter Deals सार्वजनिक गरेको छ। डिसेम्बर १० देखि जनवरी १० सम्म सञ्चालन हुने यो एक महिनाको अफर अवधिमा HONOR का बेस्टसेलिङ स्मार्टफोनहरूमा उत्कृष्ट मूल्यका साथै आकर्षक निःशुल्क उपहारहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ।

    जाडोको किनमेललाई अझ न्यानो, स्मार्ट र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत उच्च प्रदर्शन क्षमताका स्मार्टफोनहरू प्रिमियम एक्सेसरिजसँग कुनै अतिरिक्त लागत बिना बन्डल गरिएका छन्। पावर, स्टाइल, टिकाउपन वा मनोरञ्जन—जुनसुकै आवश्यकताका लागि भए पनि HONOR Winter Deals ले ग्राहकलाई तिर्ने मूल्यभन्दा बढी फाइदा दिने दाबी गरिएको छ।

    यस अफरअन्तर्गत विभिन्न मोडेलहरूमा विशेष उपहारहरू उपलब्ध छन्। HONOR X8c खरिदमा Scykei GT निःशुल्क पाइनेछ भने स्टाइलिस HONOR 400 Lite सँग HONOR X7 Lite उपहारस्वरूप उपलब्ध हुनेछ। त्यस्तै, HONOR X9c खरिद गर्दा X7e Active निःशुल्क दिइनेछ, जसले उत्पादकत्व र मनोरञ्जनलाई थप सहज बनाउनेछ।

    यसैगरी, HONOR 400 सँग प्रिमियम Choice Headphone प्रदान गरिनेछ भने शक्तिशाली HONOR 400 Pro सँग Choice Clip उपलब्ध हुनेछ, जसले आधुनिक प्रयोगकर्तालाई पूर्ण प्याकेजको अनुभव दिने कम्पनीको भनाइ छ।

    सीमित अवधिका यी अफरहरू जाडोको किनमेललाई अझ स्मार्ट, स्टाइलिस र लाभदायक बनाउन लक्षित गरिएका हुन्। प्रियजनलाई उपहार दिन वा आफूका लागि स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि यो उपयुक्त समय भएको HONOR ले जनाएको छ।

    HONOR Winter Deals नेपालभरिका सबै आधिकारिक HONOR रिटेलरहरू तथा अनलाइन प्लेटफर्महरूमा डिसेम्बर १०, २०२५ देखि जनवरी १०, २०२६ सम्म उपलब्ध रहनेछन्।
    थप जानकारीका लागि HONOR नेपालको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरूमा सम्पर्क गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar