होण्डाको ‘सेफ्टी रिकल’ अभियान घोषणा, सन् २००१ देखि २०१४ सम्मका मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहकहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै एक महत्वपूर्ण ‘सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ।

    यस अभियान अन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने जनाएको छ।

    यो ‘सेफ्टी रिकल’ अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी सुरक्षात्मक कार्यक्रमको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरूमा समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई समाधान गरी यात्रालाई अझ सुरक्षित बनाउनु हो।

    ग्राहकप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिँदै स्याकार ट्रेडिङ्गले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।

    अभियान अन्तर्गत ज्याज, अकर्ड, सीआर–भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश गरिएका छन्। कम्पनीले यी गाडीहरूको एयरब्याग दक्ष प्राविधिकमार्फत पूर्ण रूपमा निःशुल्क रूपमा प्रतिस्थापन गरिदिने व्यवस्था मिलाएको छ।

    स्याकार ट्रेडिङ्गले सम्बन्धित गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा पर्छ कि पर्दैन भन्ने यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ।

    सम्पर्कका लागि आधिकारिक सर्भिस सेन्टरहरू:

    • काठमाडौं: ९८०११०८१११, ०१–५१५३५४२, ५१५३०४१

    • पोखरा: ९८४६९७७६२९, ९८५६०३३८२८

    • विराटनगर: ९८५२०२३२१२, ९८०७३०३२१२

    • बुटवल: ९८५७०३७८७७, ९८०२६२२२८०

    • वीरगन्ज: ९८०३१५६४३०

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar