हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवा भोटेकोशी बाढीपीडितका लागि ३३ लाखभन्दा बढी सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तथा कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

    भदौ १० गते बिहान रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ सहयोग गरेको छ। साथै कम्पनीका कर्मचारीहरूले आफ्नो एक दिनको तलबबाट संकलन गरेको ८ लाख ५३ हजार १८ रुपैयाँसमेत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

    कम्पनी तथा कर्मचारीहरूको संयुक्त सहयोगबाट संकलित कुल ३३ लाख ५३ हजार १८ रुपैयाँले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उनीहरूको पुनर्स्थापनामा सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजकुमार खड्काले बीमा कम्पनीको भूमिका जोखिम हस्तान्तरण र वित्तीय सुरक्षामा मात्र सीमित नरहेको उल्लेख गर्दै समुदायप्रतिको जिम्मेवारी निर्वाह गर्नु पनि संस्थागत दायित्वको अभिन्न हिस्सा भएको बताए।

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी दिनमा समेत आवश्यकता र सम्भाव्यताका आधारमा विपद्प्रभावित समुदायको राहत तथा पुनर्स्थापनासँग सम्बन्धित पहलहरूमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar