Global Money Week 2026 को अवसरमा जनउत्थान सामुदायिक लघुवित्तले गर्‍यो शक्तिखोरमा वित्तीय साक्षरता कार्यक्रम

  • कालिका खवर
  • सोमवार, चैत्र ९, २०८२
  • चितवन । जिल्लाको कालिका नगरपालिका–०९ शक्तिखोरमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा सञ्चालन कार्यालय शक्तिखोरद्वारा Global Money Week 2026 सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।

    “Smart Money Talks” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा शक्तिखोर शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरू तथा विभिन्न बैंकिङ समूहमा आबद्ध ग्राहक सदस्यहरूको उपस्थिति रहेको थियो। इलाका सञ्चालन कार्यालय मंगलपुर, चितवन अन्तर्गतको शाखा कार्यालय शक्तिखोरमा कार्यक्रम आयोजना गरिएको हो।
    शाखा सञ्चालन अधिकृत महेश भट्टका अनुसार कार्यक्रममा जम्मा २५ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा वित्तीय साक्षरता, बचतको महत्व तथा कर्जा व्यवस्थापन सम्बन्धी उपयोगी जानकारी प्रदान गरिएको जनाइएको छ।

    यस कार्यक्रमले सहभागीहरू, विशेषगरी विद्यार्थीहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै जिम्मेवार र सचेत नागरिक बन्न प्रेरणा दिएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar