घुस लिँदै गरेका अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर यादव पक्राउ

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • जनकपुरधाम । मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

    आयोगको बर्दिबास कार्यालयको टोलीले नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई मंगलबार साँझ सेवाग्राहीबाट घुसको रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

    अख्तियार स्रोतका अनुसार नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको टोली मलंगवा नगरपालिका पुगेको थियो। सोही क्रममा यादवलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

    यादवसहित अन्य एक जनालाई पनि अख्तियारले नियन्त्रणमा लिए पनि उनको विषयमा थप केही पनि खुलाइएको छैन ।अख्तियारको टोलीले यादवलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar