घट्यो सुनचाँदीको मूल्य, सुनमा २७ सयको गिरावट

  • कालिका खवर
  • बुधबार, भदौ ३, २०८३
  • काठमाडौँ । नेपाली बजारमा बुधवार सुन र चाँदी दुवैको मूल्य घटेको छ । मङ्गलवार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार प्रति तोला २ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अनुसार बुधवार प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ७ सय १५ रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा १६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । मङ्गलवार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar