‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि

  • कालिका खवर
  • सोमवार, पुस २८, २०८२
  • काठमाडौँ : नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिले दर्शकहरूलाई उत्साहित बनाएको छ भने बल्छीको ‘रिल प्रेमिका’ पुकुको उपस्थितिले पनि सबैको ध्यान खिचेको छ।

    बल्छी ध्रुवेले हालै निर्माण गरेका चलचित्र ‘गोबर गणेश’ को प्रचारका लागि सिरियलमा आएका हुन् । बल्छी ध्रुवे अर्थात् मरिचमान श्रेष्ठ र पुकु अर्थात् पुजन घिमिरे सिरियलमा अतिथि कलाकारको रूपमा आउँदा सिरियल थप रोमाञ्चक बनेको छ ।

    सिरियल बाखपा एपमार्फत निर्माण गरिएको हो भने निर्देशन र लेखन नेत्र बहादुर राउत ले गरेका छन्। सम्पादन राज कुमार कार्की, क्यामेरामा ज्ञान कुमार कट्टवाल, लाइटमा सूर्य बोगटी, साउन्डमा सन्तोष राई, र मेकअप कञ्चन गिरीले सम्हालेका छन् ।

    भाग ९ मा अतिथि दुई कलाकारहरूसँगै बेगम नेपाली, विनोद राई, रेशम सापकोटा, दिया जिसी, मल्लिका बस्नेत, नेत्र राउत, नेत्र विक्रम खड्का, जय कुमार थापा, अनिता गिरी, नियुक्ति शेर्पा लगायत कलाकारहरूको अभिनय रहेको छ।

    ‘गाह्रो छ हो अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक सिरियलले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar