एउटा फोटोले जिताउन सक्छ नयाँ Ather स्कुटर, NAIMA 2026 मा फेरि मेगा गिभअवे

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • काठमाडौं । NAIMA Mobility Expo 2026 को अवसरमा Ather Energy Nepal ले आगन्तुकहरूका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत प्रदर्शनीमा सहभागी हुने एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्ने अवसर पाउनेछन्।

    गत वर्ष सञ्चालन गरिएको यस्तै अभियानमार्फत सालिक राम कँडेलले Ather Rizta स्कुटर जित्न सफल भएका थिए। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र लोकप्रियतापछि कम्पनीले यस वर्ष पनि अभियानलाई निरन्तरता दिएको जनाएको छ।

    प्रतियोगितामा सहभागी हुन आगन्तुकले Ather Energy Nepal का आधिकारिक Facebook, Instagram र TikTok पेजहरू Follow गर्नुपर्नेछ। त्यसपछि NAIMA Mobility Expo 2026 अन्तर्गत Hall C, Stall C2 मा रहेको Ather स्टलमा पुगेर स्कुटरसँग फोटो खिची आफ्नो सामाजिक सञ्जालमा @AtherEnergyNepal लाई Tag गर्दै दुई जना साथीलाई पनि Tag गर्नुपर्नेछ।

    यी सबै चरण पूरा गर्ने सहभागी स्वतः लक्की ड्रमा समावेश हुनेछन्, जहाँबाट एक भाग्यशाली विजेताले नयाँ Ather स्कुटर जित्नेछन्। कम्पनीका अनुसार, एउटा फोटो, एउटा पोस्ट र थोरै भाग्यले नयाँ स्कुटरको मालिक बन्ने अवसर दिलाउन सक्छ।

    गिभअवेसँगै यस वर्ष Ather ले आफ्नो स्टललाई विशेष अनुभव केन्द्रका रूपमा तयार गरेको जनाएको छ। आगन्तुकहरूले कम्पनीका नवीनतम विद्युतीय स्कुटर, स्मार्ट फिचर, इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी प्रविधि तथा अन्तरक्रियात्मक डेमोमार्फत Ather का नयाँ प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

    NAIMA Mobility Expo 2026 आगामी अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुनेछ। यस अवधिभर Hall C, Stall C2 मा रहेको Ather स्टलमा पुगेर नयाँ उत्पादनहरूको अवलोकन गर्न, कम्पनीको टोलीसँग भेटघाट गर्न तथा मेगा गिभअवेमा सहभागी भई नयाँ Ather स्कुटर जित्ने अवसर लिन Ather Nepal ले सबैलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar