एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युतको लगानी जुट्यो

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । एनएमबि बैंक लिमिटेडले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

    मनाङमा निर्माण भइरहेको दुध खोला जलविद्युत आयोजना दुध खोला हाइड्रो पावर कम्पनीले प्रवर्द्धन गरेको जलविद्युत आयोजना हो ।

    दुध खोला हाइड्रो पावर कम्पनी प्रालिको प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सहअगुवा बैंकको रुपमा रहेको छ ।

    ६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ जसमध्ये बैकहरुको ऋण लगानी ९ अर्ब ६७ करोड रुपैयाँ रहनेछ ।

    एनएमबि बैंकले ५० वटाभन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । एनएमबि बैंकको तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष अरुण केसीले ऋण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar