एनआईसी एशिया बैंकले ल्यायो ‘साथी घर कर्जा’, अधिकतम ३ करोडसम्म सुविधा

  • कालिका खवर
  • सोमवार, भदौ १६, २०८२
  • काठमाडौं  । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि ३ करोड रुपैयाँसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।

    ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने बैंकले जनाएको छ ।

    न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम ३ करोड रुपैयाँसम्म प्रदान गरिने यस ‘एनआईसी एशिया साथी घर कर्जा’अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनःनिर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ ।

    सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ । घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पुर्‍याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar