एमएडब्लू वृद्धि मोटर्सलाई डोंगफेंग डिलर कन्फरेन्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौँ। ‘इनर्जी, भिजन, फ्युचर’ थिममा सम्पन्न २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले “२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स” तथा “२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स” गरी दुई महत्वपूर्ण सम्मान हात पारेको छ। नेपालमा ईभी प्रवर्द्धन, सञ्जाल विस्तार तथा उपभोक्ता–केन्द्रित सेवामा गरेको उल्लेखनीय योगदानका कारण कम्पनीलाई यी अवार्डहरू प्रदान गरिएको हो।

    एमएडब्लू समूहले स्वच्छ ऊर्जा यातायाततर्फ नेपाललाई अग्रसर गराउन आवश्यक पूर्वाधार तथा पूर्ण ईभी इकोसिस्टम निर्माणमा निरन्तर काम गरिरहेको छ। वातावरणमैत्री प्रविधि र प्रदूषणमुक्त यातायात समाधानमा देखाएको नेतृत्वका कारण वृद्धि मोटर्सले ईभी क्षेत्रमा विश्वसनीय ब्रान्डको पहिचान बनाएको छ।

    केवल १४ महिनामा १,२५० भन्दा बढी ईभी बिक्री गर्नासाथ कम्पनीले न्यू इनर्जी सेग्मेन्टमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीको ह्याचब्याक मोडेल ‘नामी बक्स’ आफ्नो सेग्मेन्टमा सर्वाधिक बिक्री भएको गाडी बनेको छ भने नयाँ मोडेल ‘नामी भिगो’ को डेलिभरी अक्टोबरदेखि सुरु भएको छ। देशभरका १२ बिक्री केन्द्रहरूले ग्राहकलाई ईभीबारे बुझ्न, परीक्षण गर्न र सहज रूपमा छनोट गर्न सहयोग पुर्‍याइरहेका छन्।

    सर्भिस एक्सलेन्स अवार्ड प्राप्त गर्नुमा कम्पनीको १० सेवा केन्द्र, ९२.५ प्रतिशत ग्राहक सन्तुष्टि दर, २४/७ हेल्पलाइन तथा पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्स र अफ–रोड सेवाले ठूलो भूमिका खेलेका छन्। यी सुविधाले ग्राहकसँग दीर्घकालीन विश्वास तथा सम्बन्ध मजबुत बनाउन मद्दत गरेको कम्पनीको भनाइ छ।

    कम्पनीको ब्रान्ड दृष्टिकोण स्टेकहोल्डरको कदर, नेतृत्व क्षमता र उद्देश्यप्रति ग्राहकको विश्वासमा आधारित छ। स्वच्छ ऊर्जा प्रवर्द्धन, पूर्वाधारमा लगानी तथा ग्राहक–प्रथम सेवाले ब्रान्डमा विश्वास बढाएको समूहले जनाएको छ।

    समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “हामी नेपालमा वातावरणमैत्री गाडीहरू ल्याउन निरन्तर काम गर्नेछौँ। यसले आयातित इन्धनप्रतिको निर्भरता घटाइ स्वदेशमै उत्पादित विद्युत् खपत बढाउनेछ र राष्ट्रको विदेशी मुद्रा बचत गर्न मद्दत पुर्‍याउनेछ। ग्राहक सन्तुष्टि नै हाम्रा हरेक कार्यको केन्द्रमा रहनेछ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar