एमालेका महासचिव शङ्कर पोखरेलले हार स्विकार्दै विपिनलाई दिए बधाई

  • कालिका खवर
  • शनिबार, फाल्गुन २३, २०८२
  • काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हार स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्यलाई बधाई दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले आचार्यलाई बधाई दिएका हुन् । उनले परिवर्तनको लहरकासामु आफ्नो पराजय भएको बताएका छन् ।

    ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन। अभियानमा जुट्नुहुने सबैलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद’, उनले लेखेका छन् ।

    निर्वाचनको  जनादेश रास्वपाको पक्षमा आएकाले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ जनताले अभिमत दिएको बताएका छन् । जनविश्वास अनुसार अगाडि बढ्न भावी प्रधानमन्त्री बालेन्द्र शाहलाई उनले शुभकामना दिएका छन् ।

    ‘ जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना’, उनले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar